आन्तरिक राजस्व विभागको महानिर्देशकमा भुपाल बराल नियुक्त

आन्तरिक राजस्व विभागको महानिर्देशकमा भुपाल बराल नियुक्त

केन्द्रबिन्दु
0
Shares

आन्तरिक राजस्व विभागको महानिर्देशक पदमा भुपाल बराल नियुक्त भएका छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै लामो समयदेखी बिभागको नेतृत्व गर्दै आएका दीर्घ राज मैनालीलाई हटाएर बराललाई महानिर्देशकमा नियुक्त गरेका हुन् । यसअघि बराल नेपाल बीमा प्राधिकरणको संचालक समितिको अध्यक्षमा कार्यरत थिए ।

मैनालीलाई भने सार्वजनिक ऋण ब्यवस्थापन कार्यालय पठाइएको छ । बजेटमा करका दर हेरफेर र बैंकलाई मर्जर/एफपिओमा कर लगाउने भूत प्रभावी ब्यवस्था ल्याएपछि आलोचित बनेका मैनालीलाई आफैंले प्रस्ताव गरे अनुसार राजस्व संकलन गर्न नसकेपछि उनलाई हटाउन अर्थमन्त्रीमाथि दबाब थियो ।

Logo