यामाहा नेपालको लभ स्टोरी राइडमा सहभागी बनी जित्नुहोस् क्यूएफएक्स मुभी टिकट

यामाहा नेपालको लभ स्टोरी राइडमा सहभागी बनी जित्नुहोस् क्यूएफएक्स मुभी टिकट

केन्द्रबिन्दु
0
Shares

प्रेमको महिना मानिने फेब्रुअरी महिना मनाउनका लागि यामाहा नेपालले आफ्नो प्रत्येक राइडलाई लभ स्टोरी बनाउन राइडरहरुलाई आग्रह गरेको छ ।

हरेक वर्षको फेब्रुअरी १४ का दिन भ्यालेन्टाइन डे मनाइन्छ । सोही कारण यो महिनालाई प्रेमको महिना पनि भन्ने गरिन्छ । यो महिनाभर नै प्रेमिल जोडिहरुले प्रेमसम्बन्धी विभिन्न क्रियाकलापहरु गर्ने गर्छन । सोही कुरालाई मध्य नजर गर्दै यामाहा नेपालले प्रत्येक राइडरलाई आफ्नो राइडलाई लभ स्टोरी भिडियो बनाउन आग्रह गरेको हो ।

जोडिहरुले बनाएको भिडियो वा फोटोलाई यामाहा नेपालको फेसबुक पेज वा इन्स्टाग्राममा रहेको मेन क्याम्पेन पोस्टरको कमेन्ट सेक्सनमा सबमिट गरेर आफ्नो राइडलाई लभ स्टोरी बनाउन सकिन्छ । यसो गर्दा #My Yamaha प्रयोग गर्न समेत आग्रह गरेको छ ।

यामाहा नेपालले सामाजिक सञ्जाल फेसबुक वा इन्स्टाग्राम दुवैबाट सात विजेतालाई छनोट गरि उनीहरुले पठाएको फोटो वा भिडियाको क्वालिटी, क्रिएटिभी तथा लभ थिमको आधारमा विजेता छनोट गर्ने छ ।

प्रतियोगितामा भाग लिएका विजेताहरुलाई एक जोडी क्यूएफएक्स मुभी टिकट प्रदान गरिने यामाहा नेपालले बताएको छ । यदि तपाई पनि यामाहा नेपालको पेजमा गएर आफ्नो राइडलाई रोमान्टिक बनाउन चाहनुहुन्छ भने यो लिंकमा जानुहोस्।

Logo