जीहो एई६ प्लसकाे खरिद गर्दै हुनुहुन्छ ? पाउनुहाेस् टेस्ट राइडसहित एक्सचेन्जको सुविधा

जीहो एई६ प्लसकाे खरिद गर्दै हुनुहुन्छ ? पाउनुहाेस् टेस्ट राइडसहित एक्सचेन्जको सुविधा

केन्द्रबिन्दु
42
Shares

जीहो ब्रान्डका दुई पांग्रे स्कुटर हाल नेपाली युवायुवतीमाझ अद्भूत विशेषता र उच्चतम क्षमताको कारण निकै लोकप्रिय बन्दै गइरहेको छ । जीहोले नेपाली बजारमा एई८ मोडल मार्फत आफ्नो बजार विस्तार गरेको थियो । नेपालका लागि जीहो ब्रान्डको स्कुटर रिलायन्स ग्रुपअन्तर्गत ऋषि ट्रेड सेन्टरले बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीका अनुसार जीहो एई८ मोडल नेपालको भूगोलको लागि सुहाउँदो, उच्चस्तरीय प्रविधि तथा आधुनिक विशेषताले भरिपूर्ण रहेको छ । जीहो एई८ ५ किलोवाटको जेड कोर मिड ड्राइभ लिक्विड–कुलिङ मोटरद्वारा संचालित छ । यसले १२.५ किलोवाटको पावर र २१८ एनएमको अधिकतम टर्क उत्पन्न गर्छ । यसले १०० किलोमिटर प्रतिघण्टाको गति लिने कम्पनीले दावी गरेको छ । सो बाइकले २.६ सेकेन्डमा ० देखि ५० किलोमिटर प्रति घण्टाको गति लिने पनि दाबी गरिएको छ ।

उक्त स्कुटरको पावर आजको मितिमा ग्राहकले बजारमा उपलब्ध २५० सीसी बराबरको पेट्रोल बाइक सँग गर्न सकिन्छ । एई८ चार्ज गर्न एकदमै सजिलो र सहज छ । यसलाई ४ घण्टामा फूल चार्ज तथा २ घण्टामा ७० प्रतिशत चार्ज गर्न सकिन्छ । यसमा पोर्टेबल लिथियम आयन ब्लेड कम्प्याक्ट ब्याट्री दिइएको छ, जुन नेपालमै यस ब्राण्डको एई६ मा मात्र उपलब्ध रहेको छ । सो ब्याट्री बढी तातिएर कुनै भौतिक हानी नहुने कम्पनीको दावी रहेको छ ।

कम्पनीले जीहो कै अर्काे अर्बान मोविलिटीको निर्मित आफ्नो एई६ प्लस मोडल नेपाली बजारमा ल्याएको छ । व्यस्त जीवन र महँगिएको आजको समयमा यात्राको उही मजा लिई नयाँ प्रविधिमा ग्राहकलाई उच्चतम प्रतिफल दिने उद्देश्यले जीहोले आफ्नो उक्त मोडल नेपाली बजारमा प्रस्तुत गरेको देखिन्छ ।

जीहो एई६ प्लसमा २.५ किलोवाट साइड माउन्टेड मोटरद्वारा संचालित छ । यसमा जीहो राइड एप्स, किलेस डिजाइन (एनएफसी कार्ड), एन्टी–थेफ्ट सिस्टम, हिल असिस्टेन्स, १८ फरक कलर स्ट्यान्स सहित क्रुज कन्ट्रोल समेत दिइएको छ ।

यसले ५.५ किलोवाटको अधिकतम पावर र १६० एनएमको टर्क उत्पनन गर्छ । यसको टप स्पिड ८० किलोमिटर प्रति घण्टा छ । सो बाइक ४.६ सेकेन्डमा ० देखि ५० किलोमिटर प्रति घण्टाको गति लिन्छ । सो बाइक फुल चार्जमा ७० देखि ९० किलोमिटर रेन्ज प्रदान गर्छ ।

एई६ प्लसको ह्विलवेस १२६० एमएम, सिटहाइट ७३५ एमएम, ग्राउण्ड क्लियरेन्स १३० एमएम, टप स्पिड ८० किलोमिटर प्रतिघण्टा, ह्विल पावर १६० एनएम रहेको छ ।

ड्युअल डिस्क थ्री पिस्टन क्यालिपर, सिंगल सस्पेन्सन रियर, फ्रन्टमा प्रिलोड एड्जस्टमेन्ट सहितको ड्युअल टेलिस्कोपिक सस्पेन्सन र ५ प्रतिशत रिजेनेरेटिभ ब्रेकिङ सिस्टम दिइएको छ, जसको फलस्वरुप प्रयोगकर्ताले अधिकतम ७० देखि ९० किलोमिटर परचार्ज रेन्ज पाउन सक्नेछन् ।

कम्पनीले एक्सचेन्जको साथसाथै फाइनान्स सहजताको लागि माछापुच्छ्रे बैंकसँग सहकार्य गरेको छ । उक्त मोडलको नक्साल स्थिति सीएफ मोटोको शोरुममा टेस्ट राइड गरी अझ बढी जानकारी लिन सकिने कम्पनीले जनाएकाे छ ।

Logo