नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले फागुन १ गतेबाट ऋणपत्र निष्कासन गर्दै, १० प्रतिशत ब्याज पाइने

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले फागुन १ गतेबाट ऋणपत्र निष्कासन गर्दै, १० प्रतिशत ब्याज पाइने

केन्द्रबिन्दु
42
Shares

काठमाडौं  : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले फागुन १ गतेदेखि ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख ४० हजार इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये १६ लाख १६ हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । 

बाँकी २४ लाख २४ हजार इकाई सर्वसाधारणका लागि खुला हुनेछ । यसमध्ये ५ प्रतिशत अर्थात ८० हजार ८०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । नेपाल इन्भेष्टमेन्ट मेगाले १० वर्ष अवधिको ‘१०% एनआइएमबी डिबेन्चर २०९०’ जारी गर्न लागेको हो । यसमा वार्षिक १०% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । 

यस ऋणपत्रमा फागुन ४ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने फागुन १५ गतेसम्म खुला रहनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

Logo