आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि ४ सयले घटेको हो ।

आज छापावाल सुन १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजाबी सुन १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ९ सय र तेजाबी सुनको मुल्य तोलामा १ लाख १८ हजार ३ सय ५० रुपैयाँ थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

Logo