युनाइटेड इदी मर्दीद्वारा लाभांश वितरणकाे घोषणा

युनाइटेड इदी मर्दीद्वारा लाभांश वितरणकाे घोषणा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । युनाइटेड इदी मर्दी एन्ड आर.बि हाइड्रोपावर लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ५.७८९ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । उक्त नाफाको ५.५० प्रतिशत बोनस सेयर र ०.२८९ नगद लाभांश (कर तिर्न) गरी कुल ५.७८९ प्रतिशत लाभांश दिने कम्पनीले जनाएको हो । 

कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ ।  यता, कम्पनीले लाभांश पारित गर्न फागुन १७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ । 

सभा प्रयोजनको लागि कम्पनीले फागुन ४ गते बुक क्लोज गर्नेछ । यसर्थ, फागुन ३ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् । यसअघि आर्थिक वर्ष २०७८–७९ को नाफाबाट कम्पनीले १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Logo