रेड्मी नोट १३ सिरिज नेपाली बजारमा, यस्ताे छ फिचर र मूल्य

रेड्मी नोट १३ सिरिज नेपाली बजारमा, यस्ताे छ फिचर र मूल्य

केन्द्रबिन्दु
14
Shares

ग्लोबल टेक्नोलोजी लिडर साओमीले नेपाली बजारमा स्मार्टफाेन रेड्मी नोट १३ सिरिज सार्वजनिक गरेको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमका बीच कम्पनीले नोट सिरिजको पछिल्लो संस्करणहरू रेड्मी नोट १३, १३ प्रो र १३ प्रो प्लस सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार रेड्मीका दुवै प्रो मोडेलमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ । रेड्मी नोट १३ प्रो प्लसमा १२० रिफ्रेस रेटसहित ६.६७ इन्चको कर्भ्ड एमोलेड डिस्प्ले रहेको छ । फाइभजी कनेक्टिभिटी रहेको यस स्मार्टफाेनमा मिडियाटेक डाइमेन्सिटी ७२०० अल्ट्रा चिपसेट राखिएको छ । यस्तै, यसमा १२० वाटको फास्ट चार्जिङसहित ५१२० एमएएचको ब्याट्री पनि उपलब्ध छ ।

कम्पनीका अनुसार यो फास्ट चार्जरले १९ मिनेटमा फोन फुल चार्ज हुनेछ । धुलो र पानी प्रतिरोधीका लागि आईपी६८ रेटिङ पनि राखिएको छ । १२ जीबी र्‍याममा उपलब्ध हुने फोन २५६ जीबी तथा ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ । यो फोनको मूल्य करिब ४७ हजार ९९९ रुपैयाँ ताेकिएकाे छ ।

यस्तै, १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज रहेकाे फोनको मूल्य भने ५२ हजार ९९९ रुपैयाँ ताेकिएकाे छ ।

अर्को मोडेल रेड्मी नोट १३ प्रो फोरजी स्मार्टफोन हो । यसमा पनि २०० मेगापिक्सेलकै मुख्य क्यामेरा रहेको छ । फोनमा १२० हर्जसम्मको रिफ्रेस रेटसहित ६.६७ इन्चको एमोलेड डिस्प्ले राखिएको छ भने मिडियाटेक हेलियो जी९९ अल्ट्रा चिपसेट यो सेटमा उपलब्ध छ । यो फोनमा ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ, जसका लागि ६७ वाटको फास्ट चार्जर दिइएको छ । कम्पनीका अनुसार यसले १७ मिनेटमा ५० प्रतिशत तथा ४४ मिनेटमा फोन फुल चार्ज गर्नेछ । यो सेटमा पनि पानी र धुलोबाट बच्नका लागि आईपी५४ रेटिङ दिइएको छ ।

कम्पनीका अनुसार यो फोनको सुरुवाती मूल्य ३४ हजार ९९९ रुपैयाँ राखिएको छ । यस्तै, यो फोनको १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य भने ३९ हजार ९९९ रुपैयाँ राखिएको छ । नेपाली बजारमा यो मोडेलको फोन विभिन्न तीन कलर मुनलाइट ब्ल्याक, मुनलाइट ह्वाइट र अरोरा पर्पलमा पाउन सकिन्छ ।

यसैगरी, रेड्मी नोट १३ का पनि दुई वटा भेरियन्टमा आएको छ । कम्पनीले ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टलाई २४ हजार ९९९ रुपैयाँमा र ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टलाई २७ हजार ९९९ रुपैयाँमा बिक्री गर्दैछ ।

यसमा भने १०८ मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको डेफ्थ सेन्सर राखिएको छ । अन्य मोडेल जस्तै यसमा पनि १६ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ । ५००० एमएएच क्षमताको ब्याट्री राखिएको यो फोन चार्ज गर्न ३३ वाटको वायर्ड चार्जर साथमा पाउन सकिने छ ।​

यसैगरी कम्पनीले रेड्मी नोट १३ खरिद गर्दा ग्राहकले विभिन्न प्रकारका अफरहरू​ प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार दुई हजार ९९९ रुपैयाँ पर्ने बड्स फोर एक्टिभ एक हजार ६९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् । त्यस्तै, नोट १३ प्रो र नोट १३ प्रो प्लस खरिद गर्ने ग्राहकले दुई हजार ९९९ रुपैयाँ पर्ने बड्स फोर एक्टिभ एक हजार ६९९ रुपैयाँ वा पाँच हजार ६९९ रुपैयाँ पर्ने रेड्मी वाच थ्री तीन हजार ४९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् ।

टेलिडायरेक्ट प्रालिका कार्यकारी निर्देशक सञ्जय अग्रवालले आफूहरुले उत्कृष्ट फिचरयुक्त रेड्मीका १३ सिरिजहरु निकै कम मूल्यमा उपलब्ध गराएको कारण साओमीले नेपाली बजारमा अझै उचाई लिने बताए । नेपाली बजारमा डेढ लाख पर्ने फोनमा उपलब्ध सुविधाहरु निकै कम मूल्यमा उपलब्ध गराएको उनकाे भनाई छ ।

Logo