घिउ र धुलो दूध निर्यातमा कोशी प्रदेश सरकारले अनुदान दिने

घिउ र धुलो दूध निर्यातमा कोशी प्रदेश सरकारले अनुदान दिने

केन्द्रबिन्दु
56
Shares

विराटनगर। कोशी प्रदेश सरकारले प्रदेशमा उत्पादित घिउ र धूलो दूध निर्यातमा प्रोत्साहन अनुदान दिने भएको छ। यसका लागि न्यूनतम मापदण्ड तयार गरिएको छ।

प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयले कृषि व्यवसाय प्रबर्द्धन अनुदान (दोस्रो संशोधन) मापदण्ड २०८० तयार गरेको हो। उक्त मापदण्डअनुसार नौनी घिउलाई प्रतिकिलो ९० रुपैयाँ, घिउूमा प्रतिकिलो १२० रुपैयाँ, होल मिल्क पाउडरलाई प्रतिकिलो ८० रुपैयाँ र स्किम मिल्क पाउडरलाई प्रतिकिलो ७० रुपैयाँ अनुदान दिइने भएको छ।

यी अनुदान पाउन लागि निर्यातकर्ताले विभिन्न न्यूनतम प्राविधिक मापदण्ड पूरा गर्नुपर्ने जनाइएको छ। mअनुदान प्राप्त गर्नका लागि निर्यात गर्दा भन्सार कार्यालयले उपलब्ध गराएको परिमाण खुलेको बिलबिजक तथा प्रतीतपत्रको प्रतिलिपि र कस्टम क्लियरेन्स फर्म तथा धुलो दूध उत्पादन गर्ने उद्योगको हकमा दूध संकलन वा दूध खरिद गरेको प्रमाणित प्रतिलिपि पेश गर्नुपर्नेछ।

प्रदेश सरकारले तय गरेको निर्यातमा प्रोत्साहन अनुदान सञ्चालन प्रक्रियाअनुसार सार्वजनिक सूचना पनि आव्हान गरिसकेको छ। उद्योग कृषि तथा सहकारी मन्त्रालयले गत माघ १४ गते एक सूचना प्रकाशित गरी आगामी जेठ मसान्तसम्ममा तोकिएको ढाँचामा निवेदन पेश गर्न आह्वान गरेको हो।

उद्योगीहरुले बंगलादेशका व्यवसायीबाट नेपालमा उत्पादित धुलो दूध र नौनी तथा घिउको माग भएको बताएका थिए। सरकारले अनुदान नदिए बंगलादेश पठाउँदा आफूहरुलाई घाटा हुने भन्दै दूधजन्य वस्तुको निर्यातमा न्यूनतम अनुदानको व्यवस्था गर्न प्रदेश सरकारसँग डेरी उद्योगहरुले माग गर्दै आएका थिए।

Logo