होन्डाकाे नयाँ डियो १२५ बीएस६ को लागि खुल्यो बुकिङ, कति पर्छ मूल्य ?

होन्डाकाे नयाँ डियो १२५ बीएस६ को लागि खुल्यो बुकिङ, कति पर्छ मूल्य ?

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। होन्डाले नयाँ डियो-१२५ बीएस६ को बुकिङ खुलाएको छ। होन्डाको यो मोटरसाइकल नेपाली बजारको प्रतिक्षित मोटरसाइकल हो।

होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले बुकिङ खुला गरेको छ। केही समयका लागि सो मोटरसाइकलको मूल्य २ लाख ७८ हजार ९ सय रुपैयाँ तोकिएको छ।

ड्रम र डिस्क भेरिएन्टमा उपलब्ध हुने सो बाइकमध्ये डिस्क भेरिएन्टको मूल्य २ लाख ८८ हजार ९ सय रुपैयाँ हुनेछ । करिव एक सातामै सो बाइक नेपाली बजारमा उपलब्ध हुने कम्पनी स्रोतको भनाइ छ।

कम्पनीले सो मोटरसाइकल १२५ सीसीमा आउने सबैभन्दा प्रिमियम मोटरसाइकल भएको जनाएको छ । यसमा एलईडी हेडलाइट, फुल्ली डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, साइड स्ट्यान्ड इन्जिन कट अफ र साइलेन्ट स्टार्टर जस्ता फिचर रहेका छन्।

बाइकमा १२३.९४ सीसी सिंगल सिलिन्डर, एयरकुल्ड, फ्युल इन्जेक्टेड इन्जिन छ, जसले १०.७ बीएचपी पावर र १०.९ एनएमको टर्क जेनेरेट गर्छ। यसको पछिल्लो भागमा भएको फराकिलो टायरका साथ उपलब्ध हुने एड्भान्स्ड ट्रयाक्सनले बेटर ब्रेकिङका साथ सेफ्टी प्रदान गर्छ। बाइकको एड्भान्स्ड लुक र एड्भान्स्ड डिस्प्लेले अन्य बाइक भन्दा फरक रहेकाे छ।

Logo