एनआइबिएल स्टेबल फन्ड योजनाको इकाई आज बाँडफाँड हुने

एनआइबिएल स्टेबल फन्ड योजनाको इकाई आज बाँडफाँड हुने

केन्द्रबिन्दु
56
Shares

काठमाडौं। एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एनआइबिएल स्टेबल फन्ड योजनाको इकाईको बाँडफाँड आज हुने भएको छ। निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलका अनुसार उक्त इकाईको बाँडफाँड बुधबार बिहान ९ बजे काठमाडौंको लाजिम्पाटस्थित रहेको क्यापिटलको केन्द्रिय कार्यालयमा हुने छ।

गत माघ २ गतेदेखि १६ गतेसम्म एक अर्ब रकम बराबरको उक्त बन्दमुखी योजनाको १० करोड इकाईहरु बिक्री भएको थियो । जसको प्रतिइकाई अंकित मूल्य १० रुपैयाँ थियो। जसमा रितपूर्वक आवेदन दिने आवेदकहरुलाई उक्त इकाईहरु बाँडफाँड गरिनेछ।

एनआईबिएल म्युचुअल फण्ड एनआइएमबि एस क्यापिटलको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कोष प्रवर्द्धनमा रहेको छ।

Logo