नेपाल लाइफको मुनाफासहितका सबै वित्तीय सूचांकमा प्रगति

नेपाल लाइफको मुनाफासहितका सबै वित्तीय सूचांकमा प्रगति

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। जस अनुसार कम्पनीका जीवन बीमा कोषको आकार बढेर एक खर्ब ८३ अर्ब पुर्याउन सफल भएको छ । कम्पनीको मुनाफासहितका सबै वित्तीय सूचांकमा प्रगति भएको देखिएको छ ।

त्यस्तै कम्पनीको जगेडा कोषमा ६२ करोड रुपैयाँ संचिती गरेको छ । यस अवधीमा नेपाल लाइफले एक खर्ब ५२ अर्ब रुपैयाँ लगानी गरेको वित्तीय विवरणले औल्याएको छ । कूल आठ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँ चुक्ता पुँजि भएको नेपाल लाइफको प्रतिशेयर आम्दानी गत आवकै जस्तै समान रहेको देखिएको छ ।

समीक्षा अवधीको अघिल्लो आवको यसै अवधीमा एक खर्ब ६५ अर्बको जीवन बीमा कोष बनाएको कम्पनीले यस आवमा एक खर्ब ८३ अर्ब ६५ करोड ४३ लाख ७१ हजार २७४ रुपैयाँको शक्तिशाली जीवन बीमा कोष बनाउन सफल भएको छ । जीवन बीमा कम्पनीहरुका लागि सबैभन्दा महत्वपूर्ण जीवन बीमा कोष हुनेछ गर्दछ ।

कम्पनीले यस अवधीमा २० अर्ब रुपैयाँ कूल बीमा शुल्क संकलन गर्न सफल भएको छ । अघिल्लो आवमा यस्तो बीमा शुल्क रकम १८ अर्ब ६२ करोड रुपैयाँ संकलन गरेको थियो । कम्पनीको समग्र बीमा व्यवसाय ७.३७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । कम्पनीको कूल दावी भुक्तानी १०.८८ प्रतिशतले बृद्धि भई २२ अर्बबाट २४ अर्ब पुगेको छ।

लगानी तथा कर्जा र अन्यबाट प्राप्त आम्दानी १७.२५ प्रतिशतले बृद्धि गर्न सफल भएको देखिएको छ । कम्पनीले गत आवको यसै अवधीमा जम्मा आठ अर्ब १२ करोड रुपैयाँ आम्दानी गरेकोमा चालु आवको छ महिने अवधीमा नौ अर्ब ५२ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ । जसको कारण कम्पनीको समग्र सूचांकमा प्रगति गर्न सफल सफल भएको छ।

समीक्षा अवधीमा नेपाल लाइफले आफ्ना अभिकर्तालाई एक अर्ब ४९ करोड २२ लाख पाँच हजार ५४३ रुपैयाँ कमिशन बापत वितरण गरेको छ। नेपाल लाइफमा हालसम्म कायम रहेको बीमा पोलिसी संख्या १३ लाख ९० हजार ४३० वटा रहेको छ। अघिल्लो वर्ष यस्तो बीमा पोलिसी संख्या १२ लाख ८६ हजार ६९८ रहेको थियो।

नेपाल लाइफको मुनाफा १२.९० प्रतिशतले वृद्धि गरी ४२ करोड ७७ लाख पुर्याउन सफल भएको छ। अघिल्लो आवमा यस्तो मुनाफा ३७ करोड रुपैयाँ रहेको थियो । यससँगै कम्पनीको प्रतिशेयर आम्दानी समेत ९.२३ रुपैयाँबाट वृद्धि भई १०.४२ रुपैयाँ पुगेको छ ।

Logo