महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल

केन्द्रबिन्दु
84
Shares

काठमाडाैँ। महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन। बैंकको माघ २३ गते बसेको सञ्चालक समितिले लम्साललाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको हो ।

लम्साल यस अघि बैंकको कायममुकायम सिईओका रुपमा रहेका थिए। विगत १५ वर्षदेखि महालक्ष्मी बिकास बैंकमा कार्यरत लम्सालसँग विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ बर्षको बैकिङ्ग अनुभव रहेको छ ।

यस्तै नवनियुक्त प्रमुख कार्यकारी अधिकृत लम्सालले बैंकप्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने जनाएका छन्। साथै उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन समेत आग्रह गरेका छन्।

Logo