आज सुन मूल्य बढ्याे, चाँदी स्थिर

आज सुन मूल्य बढ्याे, चाँदी स्थिर

केन्द्रबिन्दु
238
Shares

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज ६ सय रूपैयाँले बढेको हो।

आज छापावाल सुन १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजाबी सुन १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ।

महासंघका अनुसार आज चाँदी भने स्थिर रहेकाे छ। हिजाे तोलामा १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएकाे चाँदी आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।

Logo