भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन आयोजना हुँदै

भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन आयोजना हुँदै

केन्द्रबिन्दु
28
Shares

नेपाल उद्योग वाणिज्य महासंघले फागुन ४ र ५ गते लुम्बिनी प्रदेश, भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन आयोजना गर्ने भएकाे छ । सम्मेलनमा देशभरका करिब २ सय ५० देखि ३ सय जना महिला उद्यमी व्यवसायीहरुको सहभागिता रहनेछ।

सम्मेलन महासंघको महिला उद्यमी विकास समितिको अगुवाईमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश एवं सिद्धार्थ उद्योग वाणिज्य संघको समन्वय एवं सहकार्यमा आयोजना गर्न लागिएको हो। यो सम्मेलन महासंघले पहिलोपटक आयोजना गर्न लागेको हो।

नेपालमा महिलाहरूले देशको अर्थतन्त्रमा लामो समय देखि सक्रिय रूपमा भाग लिरहेका छन्, तर महिला उद्यमीहरुको योगदान को प्रायः कम मूल्यांकन गरिएको छ। श्रमशक्तिमा महिला सहभागिता १ प्रतिशतले मात्रै बढ्न गएमा नेपालको कुल ग्रार्हस्थ्य उत्पादनमा ०.३ प्रतिशतले वृद्धि गर्न सकिन्छ। महिला उद्यमीहरूको सशक्तिकरणले रोजगारी सृजना गर्दछ, वित्त पहुँचमा सुधार देखिनेछ र नवप्रवर्तन बढ्ने छ।

महिला उद्यमीहरुको विकास, विस्तार एवं प्रवद्र्धनका साथै महिला सशक्तिकरणम सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त सम्मेलनमा महिला उद्यमशीलता र नतिजा, वित्तिय पहुँच, बजार पहुँच, पर्यटनका सम्भावना र चुनौति, युवा महिला-स्टार्टपका लागि गरिएका पहल साथै भएका व्यवस्था लगायतका विषयमा विषय विज्ञहरुसँग छुट्टाछुट्टै छलफल गरिनेछ।

दुईदिने सम्मेलनको निष्कर्ष सम्बन्धित निकायमा बुझाइनेछ।

Logo