नेपाली बजारमा टिसीएल ब्राण्डका नयाँ साउन्डबारहरू उपलब्ध

नेपाली बजारमा टिसीएल ब्राण्डका नयाँ साउन्डबारहरू उपलब्ध

केन्द्रबिन्दु
84
Shares

काठमाडाैँ। नेपाली बजारमा टिसीएल ब्राण्डका नयाँ साउन्डबारहरू उपलब्ध भएका छन् । यसअन्तर्गत कम्पनीले एस६४३डब्लू , एस५२२डब्लू र एस३३२डब्लू गरी तीन मोडेलका साउन्डबार बजारमा उपलब्ध गराएको हाे ।

यी साउन्डबारहरूले प्रयोगकर्तालाई मनपर्ने चलचित्रहरू, संगीत तथा टिभी कार्यक्रमहरू उत्कृष्ट गुणस्तरमा सुन्ने सुविधा दिने कम्पनीको भनाइ छ ।

विभिन्न साउन्डमोडहरू, वायरलेस सबवुफर, रिमोट कन्ट्रोल लगायतका सुविधा रहेका यी साउन्डबारहरूले स्मार्टफोन, ट्याब्लेट वा अन्य उपकरणहरूबाट सजिलै म्युजिक स्ट्रिम गर्न मिल्ने बताइएको छ ।

टिसीएलको बारेमा:

टिसीएल उपभोक्ता इलेक्ट्रोनिक्समा एक अग्रिम विश्वब्यापी ब्राण्ड हो। जसले नबिन उत्पादनहरु प्रदान गर्दछ र हाम्रो जीवन शैलीलाई सहज बनाउछ। गुणस्तरीय र अत्याधुनिक प्रविधि प्रदान गर्ने प्रतिबद्धताका साथ, टिसीएल ले घरेलु मनोरञ्जन अनुभवलाई पुन: परिभाषित गर्न जारी राखेको छ।

Logo