भ्यालेन्टाइनमा क्लोजअप नेपालद्वारा #NajikAau डिजिटल अभियानको निरन्तरता

भ्यालेन्टाइनमा क्लोजअप नेपालद्वारा #NajikAau डिजिटल अभियानको निरन्तरता

केन्द्रबिन्दु
28
Shares

क्लोजअप नेपालले यस भ्यालेन्टाइनको अवसरमा आफ्नो #NajikAau डिजिटल अभियानलाई निरन्तरता दिएको छ । यस अभियानको लक्ष्य आपसी आकर्षणलाई सामिप्यतामा बदल्न प्रोत्साहन गर्नु रहेको छ।

एक भिन्न सोचाईको साथ #NajikAau डिजिटल अभियानले एक रोचक वेब सिरिजको सुरुवात गरेको छ, जसमा दर्शकहरुले चार विभिन्न कथाहरुको निष्कर्ष निर्धारण गर्न सक्छन्। दर्शकहरुले यी कथाहरुलाई कसरी अगाडि बढाउने भनेर कमेन्ट गर्न सक्छन् र चयन गरिएका कमेन्टहरुबाट कथालाई निष्कर्ष दिइनेछ। साथै क्लोजअप नेपालले एक microsite: www.closeupnajikaau.com पनि ल्याएको छ जसमा सहभागीहरुले दैनिक क्वीज खेल्न सक्छन्, आफ्नो विशेष कोहीलाई लभ नोट्स लेख्न सक्छन् र आकर्षक उपहारहरू जित्ने अवसर पाउनेछन् ।

चयन गरिएका उत्कृष्ट १०० लभ नोट्सहरु नेपाल भरीका प्रमुख बिलबोर्डहरूमा प्रदर्शन हुनेछन् र तीन भाग्यशाली सहभागीहरूले काठमाडौँ उपत्यकाको ५ तारे होटलमा आफ्नो प्रियजन सँग एक्सक्लुसिभ लक्जरी डिनर डेट र स्पा अनुभव सहित क्लोजअपबाट आकर्षक उपहारहरु जिले अवसर पाउनेछन् ।

Logo