एनआईबिएल स्टेबल फण्डका इकाईहरु बाँडफाँड

एनआईबिएल स्टेबल फण्डका इकाईहरु बाँडफाँड

केन्द्रबिन्दु
0
Shares

एनआईबिएल स्टेबल फण्डका इकाईहरुकाे बाँडफाँट सम्पन्न भएकाे छ । आज एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा माग बमाेजिमका इकाईहरू बाँडफाँट गरिएकाे हाे ।

एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवर्द्धनमा रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत “एनआईबिएल स्टेबल फण्ड” बन्दमुखी योजनाको बीज पूँजी सहित अंकित मूल्य १० रूपैयाँ दरका १० करोड इकाईहरु २०८० माघ २ गतेदेखि २०८० माघ १६ (बैंकिङ्ग समय पश्चात्) गतेसम्म सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा उक्त अवधिभर रितपूर्वक आवेदन दिएका ३९,२७१ जना आवेदकहरु मार्फत ९,५८,४९,१६० इकाईका लागि रितपूर्वक आवेदन प्राप्त भएको थियाे । जसमध्ये निष्काशन गरिएको इकाई भन्दा अधिक इकाईको लागि आवेदन प्राप्त भएकाे थियाे ।

विद्यमान “सामूहिक लगानी कोष निर्देशिका, २०६९” भएको व्यवस्था बमोजिम योजनाको आकारको अधिकतम २५ प्रतिशत सम्मको इकाई बाँडफाँट गर्न सकिने भएकाले इकाई खरिदका लागि रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई निजहरुले माग गरे बमोजिम इकाईहरु बाँडफाँट गरिएकाे हाे। इकाई बाँडफाँट गरी बीज पूँजीसहित योजनाको आकार एक अर्ब १३ करोड रुपैयाँ अर्थात् ११ कराेड ३० लाख इकाई कायम गरिएको हाे ।

Logo