६ महिनामा उच्च शिक्षाका लागि विदेशियो करिब ५९ अर्ब रुपैयाँ

६ महिनामा उच्च शिक्षाका लागि विदेशियो करिब ५९ अर्ब रुपैयाँ

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ। नेपालीहरूले ६ महिनामा करिब ९३ अर्ब रुपैयाँ विदेश घुम्नका लागि खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको मासिक प्रतिवेदन अनुसार पुस मसान्तसम्म सेवा खाता अन्तर्गत भ्रमण व्यय (खर्च) ६०.६ प्रतिशतले बढेर ९२ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ५८ अर्ब ९५ करोड रुपैयाँ रहेको छ।

चालु आर्थिक वर्षको ६ महिनामा मात्र रोजगारीका लागि ३ लाख ४३ हजार ४०५ जना विदेशिएको तथ्याङ्क राष्ट्र बैंकले दिएको छ। सबै भन्दा धेरै नेपालीहरु रोजगारीका लागि युएई र कतार जाने गरेका छन् ।

अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५७ अर्ब ८२ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय ३५ अर्ब ३६ करोड रहेको थियो। सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ४४.४ प्रतिशतले बढेर ३९ अर्ब ५६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २७ अर्ब ४० करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा खुद सेवा आय ३६ अर्ब ६ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु ३६ अर्ब २२ करोडले घाटामा रहेको थियो।

Logo