सामुदायिक लघुवित्त ३ करोड ९९ लाख नोक्सानमा

सामुदायिक लघुवित्त ३ करोड ९९ लाख नोक्सानमा

केन्द्रबिन्दु
112
Shares

काठमाडौं। सामुदायिक लघुवित्तले करिब ४ करोड चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नोक्सानी व्यहोरेको छ। लघुवित्तलाई ३ करोड ९९ लाख ८९ हजार रुपैयाँको घाटा भएको छ।

गत वर्ष पनि यस लघुवित्तले नोक्सानी व्यहोर्नु परेको थियो। जसअनुसार अघिल्लो वर्षको यसैअवधिमा यसको नोक्सानी ३१ लाख ७२ हजार रुपैयाँ थियो।

यसैगरी सामुदायिक लघुवित्तको खराब कर्जा चुलिँदा यसको नोक्सानी अनुपात थप बढेको हो। साथै, खुद ब्याज आम्दानी र सञ्चालन नाफा घट्दा पनि नाफामा असर परेको हो। खुद ब्याज आम्दानी १९.०५ ले घटेर ३ करोड ४१ लाख ८० हजार रुपैयाँमा सीमित भएको छ।

यसअवधिमा यसले १९ करोड २५ लाख ८८ हजार रुपैयाँ सञ्चालन नोक्सान व्यहोर्न परेको छ। गत वर्ष ९.०४ प्रतिशत रहेको खराब कर्जा यो वर्ष १४.६५ प्रतिशत पुगेको छ। प्रतिसेयर आम्दानी ५५ रुपैयाँ ०८ पैसा ऋणात्मक छ। चुक्ता पूँजी १४ करोड ५२ लाख रुपैयाँ छ।

Logo