किर्लोस्कर इन्जिन आयल नेपाली बजारमा लन्च, सबै रेन्जमा उपलब्ध हुने

किर्लोस्कर इन्जिन आयल नेपाली बजारमा लन्च, सबै रेन्जमा उपलब्ध हुने

केन्द्रबिन्दु
2k
Shares

काठमाडौं । विश्व प्रसिद्ध किर्लोस्कर इन्जिन आयल औपचारिक रुपमा नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा आदिशक्ति ग्लोबल ट्रेडर्सले बुधबार एक कार्यक्रमका बिच सो इन्जिन आयल लन्च गरेको हो ।

लन्चिङ समारोहमा कम्पनीका प्रतिनिधि तथा नेपाली व्यवसायीहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा किर्लोस्कर आयल इन्जिन्सका रिटेल एन्ड डिस्ट्रिब्युसन हेड सुनिलकुमार साहुले इन्जिन आयल र स्पेयर पार्ट्ससहित व्यवसायीका लागि कम्प्लिट सोलुसन उपलब्ध गराउने उद्देश्यका साथ नेपालमा बजार विस्तार गरेको बताए । सबै व्यवसायीका साथमा रहेर गुणस्तरीय इन्जिन आयल र स्पेयर पार्ट्स समेत उपलब्ध गराउन आफूहरु प्रतिबद्ध भएको उनको भनाई छ ।

त्यस्तै, किर्लोस्कर आयल इन्जिन्सका जेनेरल म्यानेजर चिन्मय नायक र नेसनल स्पेयर हेड अर्सत रतुरीले ग्राहकमा आत्मविश्वास जागृत गर्न र ढुक्कका साथ बिक्री पछिको सेवा उपलब्ध गराउन आफूहरू तत्पर रहेको बताए ।

आदिशक्ति ग्लोबल ट्रेडर्सका डाइरेक्टर पुरुषोत्तम पौडेलले इन्जिन आयल व्यवसायको लामो अनुभवका आधारमा विश्वकै गुणस्तरीय तथा कहलिएको ब्रान्ड भित्र्याउन पाउँदा खुसी व्यक्त गरे ।

भारतको १३५ वर्ष पुरानो प्रतिष्ठित कम्पनीद्वारा उत्पादित किर्लोस्कर ब्रान्डका इन्जिन आयल, गियर आयल, इन्डष्ट्रियल आयल, हाइड्रोलिक आयल, ट्रान्समिसन आयल आदि अब नेपाली बजारमा उपलब्ध हुनेछन् । कुनैपनि सवारी साधनलाई अत्यधिक माइलेज दिन सघाउने र हिमाल, पहाड तथा तराई जुनसुकै सडकमा पनि सवारी साधनका लागि उपयुक्त हुने किर्लोस्कर ब्रान्ड विभिन्न प्याक र सबै रेन्जमा उपलब्ध हुने कम्पनीको भनाई छ । किर्लोस्कर इन्जिन आयल नेपाली बजारमा उपलब्ध भएसँगै लुब्रिकेन्ट बजार थप प्रतिस्पर्धी हुने पनि अनुमान गरिएको छ ।

Logo