साताकाे पहिलाे काराेवार दिन आज सुनको मूल्य घट्याे, चाँदी स्थिर

साताकाे पहिलाे काराेवार दिन आज सुनको मूल्य घट्याे, चाँदी स्थिर

केन्द्रबिन्दु
546
Shares

काठमाडौं । साताकाे पहिलाे काराेवार दिन नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ५ सय रूपैयाँले घटेकाे छ।

शुक्रबार प्रतितोला १ लाख १८ हजार ५ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज प्रतितोला १ लाख १८ हजार रूपैयाँमा काराेवार भइरहेकाे छ। तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, चाँदीको मूल्य भने आज स्थिर रहेकाे छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएकाे थियाे भने आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।

Logo