हाथवे इन्भेस्टमेन्ट कम्पनीको बिग्रँदो वित्तीय अवस्था

हाथवे इन्भेस्टमेन्ट कम्पनीको बिग्रँदो वित्तीय अवस्था

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट कम्पनीले ऋणात्मक देखिएको छ। कम्पनीले आइतबार प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १७ करोड रुपैयाँ छ । कम्पनीले जगेडा कोषमा भने ७० करोड ७५ लाख रुपैयाँ राखेको छ ।
यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि ऋणात्मक (–०.५१ रुपैयाँ) छ । प्रतिसेयर नेटवर्थ भने ८३ रुपैयाँ ४ पैसा कायम छ ।

दोस्रो त्रैमासमा कम्पनी ५९ लाख ४२ हजार रुपैयाँ ऋणात्मक छ। तर, गत आवको सोही अवधिमा भने कम्पनीले १ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो । विशेषगरि कम्पनीको संचालन आम्दानी घटेपछि नै नाफा प्रभावित हुन पुगेको हो।

चालु आवको ६ महिनामा कम्पनीको संचालन आम्दानी आधा घटेको छ । गत वर्षको दोस्रो त्रेमासमा कम्पनीले ६ करोड ४९ लाख ७३ हजार रुपैयाँ आम्दानी गरेको थियो। तर, यो वर्षको सोही अवधिमा भने यस्तो आम्दानी ४८.३५ प्रतिशत घटेर ३ करोड ३५ लाख ५७ हजार रुपैयाँ कायम भएको छ।

समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी नै ४८.१८ प्रतिशत घटेर ३ करोड ३८ लाख रुपैयाँ कायम भएको छ। यस्तै, कुल खर्च भने दोहोरो अंक (१५.०५ प्रतिशत )ले बढेर ३ करोड ९९ लाख रुपैयाँ पुगेको छ।

Logo