नेशनल लघुवित्तले कमायाे १० करोड ४१ लाख नाफा, अन्य सूचक कस्ता ?

नेशनल लघुवित्तले कमायाे १० करोड ४१ लाख नाफा, अन्य सूचक कस्ता ?

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले ६ महिनामा साढे १० करोड नाफा कमाएको छ। कम्पनीले आइतबार प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो।

समिक्षा अवधिमा कम्पनीको निक्षेप संकलन भने १५.८४ प्रतिशत बढेर ५ अर्ब २४ करोड ७ लाख १४ हजार रुपैयाँ कायम भएको छ। कर्जा लगानी पनि ९.६३ प्रतिशत बढेर १८ अर्ब ३६ करोड ५९ लाख रुपैयाँ पुगेको छ।

समिक्षा अवधिमा कम्पनीले १० करोड ४१ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, यो नाफा गत वर्षको तुलनामा भने ३५.५४ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा कम्पनीले १६ करोड १६ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

नाफा घटेपनि कम्पनीको ब्याज आम्दानी भने ९.३३ प्रतिशत बढेको छ । समिक्षा अवधिमा कम्पनीले यस्तो आम्दानी ३५ करोड ३१ लाख ७७ हजार रुपैयाँ पुगेको छ । कम्पनीको संचालन नाफा पनि ३५.५४ प्रतिशत घटेर १४ करोड ८८ लाख ५५ हजार रुपैयाँ कायम भएको छ । हाल कम्पनीको वितरणयोग्य नाफा ३८ करोड ५२ लाख रुपैयाँ छ।

कम्पनीसँग हाल ३.७४ प्रतिशत खराब कर्जा छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८ करोड ४२ लाख रुपैयाँ छ। कम्पनीले जगेडा कोषमा भने १ अर्ब २६ करोड ४३ लाख रुपैयाँ राखेको छ । हाल कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ २२ पैसा छ।

Logo