‘हिमालयन डिस्टिलरी’ को बिक्री आम्दानी ३४ करोडले घट्यो

‘हिमालयन डिस्टिलरी’ को बिक्री आम्दानी ३४ करोडले घट्यो

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । मदिरा उत्पादक तथा वितरक कम्पनी हिमालयन डिस्टिलरीको नाफामा संकुचन देखिएको छ। कम्पनीले आइतबार प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो।

विशेषगरि कम्पनीको बिक्री आम्दानीमा आएको गिरावटले खुद नाफामा संकुचन आएको हो। समिक्षा अवधिमा कम्पनीको खुद बिक्री आम्दानी २६.१५ प्रतिशत अर्थात् ३३ करोड ८४ लाख रुपैयाँले घटेको छ। गत वर्ष कम्पनीले १ अर्ब २९ करोड ४४ लाख बढी बिक्री आम्दानी गरेको थियो । तर, यो वर्ष भने कम्पनीको यस्तो आम्दानी ९५ करोड ५९ लाख रुपैयाँमा सिमित भएको छ।

समिक्षा अवधिमा कम्पनीले १६ करोड ३६ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। तर, यो नाफा गत वर्षको तुलनामा ४४.३८ प्रतिशत कमी हो। गत वर्षको सोही अवधिमा कम्पनीले २९ करोड ४२ लाख बढी नाफा कमाएको थियो।

यस्तै, कम्पनीको कुल नाफा पनि ३०.७३ प्रतिशत घटेर ५५ करोड ३४ लाख रुपैयाँमा झरेको छ । यस्तै, कम्पनीको कुल संचालन आम्दानी पनि २९.१३ प्रतिशत घटेर ५७ करोड ६ लाख र संचालन नाफा पनि ४१.७० प्रतिशत घटेर २४ करोड ७५ लाख रुपैयाँ कायम भएको छ। हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ६७ करोड २५ लाख रुपैयाँ छ।

Logo