मेजर अप्लाइन्स प्रोड्युसर माइडियाको चेस्ट फ्रिजर नेपाली बजारमा

मेजर अप्लाइन्स प्रोड्युसर माइडियाको चेस्ट फ्रिजर नेपाली बजारमा

केन्द्रबिन्दु
14
Shares

नेपालका लागि मेजर अप्लाइन्स प्रोड्युसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले अत्याधुनिक क्षमताको चेस्ट फ्रिजर नेपाली बजारमा ल्याएको छ ।

सीजी इलेक्ट्रोनिक्सले अत्याधुनिक क्षमताको ५०८ लिटरको चेस्ट फ्रिजरमा नेपाली बजारमा ल्याएको हो । चेस्ट फ्रिजरमा २४ डिग्री सेल्सियससम्म चिसोको प्रयोग गरी खानेकुराहरुलाई स्वच्छ र ताजा बनाउन सकिने कम्पनीले जनाएकाे छ ।

माइडियाको चेस्ट फ्रिजरको गुणस्तरमा कुनै सम्झौता गरिएको छैन । फ्रिज गरिएका सामानहरू लामो समयसम्म ताजा रहने कम्पनीको दाबी छ । साथै उपभोक्ता र व्यवसायीहरूका विभिन्न आवश्यकता पूरा गर्न अत्याधुनिक सुविधाहरू रहेको चेस्ट फ्रिजर असाधारण डिजाइनलाई संयोजन गर्ने कम्पनीको भनाइ छ ।

५०८ लिटर क्षमताले आवश्यक पर्याप्त सामान भण्डारण गर्न सहज हुने र भित्र रहेको एलईडी लाइटले उपभोक्तालाइ कम उज्यालो अवस्थामा पनि सहज बनाउने जनाइएको छ । पर्फमेन्स मात्र नभएर चेस्ट फ्रिजरको डिजाइन पनि अत्यन्त राम्रो रहेको छ । अधिक कुशल इन्सुलेशनले भित्री क्षमता मात्र बढाउँदैन, स्थिर तापक्रम पनि कायम राखी परिणामस्वरूप ऊर्जा खपत कम हुन्छ ।

चेस्ट फ्रिजरको खरिदमा ५ वर्षको वारेन्टी दिइएको कम्पनीले जनाएको छ । माइडिया ब्रान्डका अपलाइन्स नेपाली बजारमा ग्राहकहरुबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् । शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित छ ।

Logo