जुलीज केक र पेस्ट्रीले ग्राहकहरुको सुविधाका लागि शुरु गर्‍यो अनलाइन सेवा

जुलीज केक र पेस्ट्रीले ग्राहकहरुको सुविधाका लागि शुरु गर्‍यो अनलाइन सेवा

केन्द्रबिन्दु
14
Shares

बेकरी व्यवसायमा अग्रस्थानमा रहँदै आएको जुलीज केक र पेस्ट्रीले ग्राहकहरुको सुविधाका लागि अनलाइन सेवा शुरु गरेको छ । जुलीजले आफ्नो दुई दशकको यात्रामा हरेक पटक नविनतम प्रविधिलाई अंगाल्दै आएकोमा हाल आफ्नै इकमर्श प्लेटफर्म सार्वजनिक गरेको जनाएको छ।

कम्पनीका अनुसार जुलीको अनलाइन सेवामार्फत ग्राहकहरुले आफूलाई मनपर्ने र गुणस्तरीय बेकरी तथा केक आईटमहरु सहजै घरमा मगाउन सक्नेछन्।

जुलीज केक र पेस्ट्रीका संस्थापक ज्योति नकर्मी र जुली प्रधानाङ्गले नयाँ प्रविधिलाई आत्मसात गरेर ग्राहक सेवा बिस्तार गर्न पाएकोमा हर्षित भएको बताए।

“हामीले सानो बेकरीको रुपमा शुरु गरेको जुलीज केक्स एण्ड पेष्ट्रीजले आफ्नो यात्राको दौरान गुणस्तरीय उत्पादन र सेवा प्रदान गरिरहेका छौं। अहिलेको आधुनिक समय र हाम्रा ग्राहकहरुको व्यस्ततालाई ध्यानमा राखेर अनलाइनमार्फत पनि अर्डर गर्न सकिने सुबिधा शुरु गरेका छौं। यसले हामीलाई ग्राहक प्रति थप जिम्मेबार र प्रतिबद्ध हुन सहयोग गर्नेछ।,” संस्थापकद्धयले भने।

कम्पनीका अनुसार सुरु गरिएको वेबसाइटले बेकरी उद्योग भित्र ग्राहकको सुविधा र प्राविधिक एकीकरणमा नयाँ बेन्चमार्क सेट गर्ने, हरेक अवसरका लागि अनुकूलित किनमेल अनुभवहरूबाट सिमलेस अर्डर ट्र्याकिङसम्म सुविधाहरूको एर्रे समेटेको छ। यसअघिदेखिनै जुलीले फुडमाण्डु, मुन्चा, ठमेल डटकम भोज जस्ता प्रतिष्ठित प्लेटफर्महरूसँग साझेदारी गर्दै आएको छ।

Logo