नेपाली बजारमा भित्रियाे यारिस क्रस हाइब्रिड [मूल्य र विशेषतासहित]

नेपाली बजारमा भित्रियाे यारिस क्रस हाइब्रिड [मूल्य र विशेषतासहित]

केन्द्रबिन्दु
140
Shares

हाइब्रिड मोडल यारिस क्रस हाइब्रिड इलेक्ट्रिक नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नेपाल भित्र्याएको हो।

यसको मूल्य १ करोड २२ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

यो नयाँ यारिस क्रसको लम्बाई ४३१० एमएम, चौडाई १७७० एमएम र उचाई १६१५ एमएम छ । यसमा २६२० एमएम लामो ह्वीलवेस र १८ इन्च को टायर पाउन सकिन्छ । १.५ लिटर फोर सिलिण्डर ड्यूल भीभीटी–आई इन्जिन रहेको नयाँ एसयूभीमा ४.३ एम्पियर आवरको लिथियम आयोन ब्याट्री प्याक जडान गरिएको छ । रिजेनेरेटीभ ब्रेकिङ सिस्टम रहेको गाडीमा ई–सीभीटी गियरबक्स पाउन सकिन्छ । यारिस क्रसले २६ किलोमिटर माइलेज दिने दावी गरिएको छ ।

टोयोटाको नयाँ यारिस क्रसमा अटोमेटीक हाइबीम सहितको हेडलाइट, एलइडी डीआरएल, एलइडी फग लाइट र कनेक्टेड एलइडी टेललाइट दिइएको छ । पहिलो पटक कम्पनीले यो मोडलमा मल्टी कलर एम्बियन्ट लाइट पनि दिएको छ ।

कम्पनीका अनुसार यो मोडलमा ८ वे पावर इलेक्ट्रीक ड्राइभर सिट, वायरलेस मोवाइल चार्जर, एपल कारप्ले, अन्द्रोइड अटो र किक सेन्सर सहितको पावर टेलगेट पाउन सकिन्छ । यो नयाँ एसयुभीमा प्यानोरेमिक ग्लास रूफ, १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ७ इन्चको मल्टी इन्फर्मेशन डिस्प्ले, ६ स्पीकर, र प्यानोरेमिक ३६० डिग्री क्यामेरा साथै, पार्किङ ब्रेक, अटो होल्ड लगायत फिचर दिइएको छ ।

Logo