नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचिकृत

नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचिकृत

केन्द्रबिन्दु
462
Shares

काठमाडाैँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा हिमालयन डिस्टीलरी, स्वावलम्वन लघुवित्त र सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो।

नेप्सेमा हिमालयन डिस्टीलरीको १० प्रतिशत बापतको २४ लाख २९ हजार ५६६ दशमलव ६५ कित्ता, स्वावलम्वन लघुवित्तको १२.३५९९ प्रतिशत बापतको १५ लाख ९५ हजार ४५ कित्ता र सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बापतको १६ लाख ३३ हजार ७९५ दशमलव ८६ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

यी तीनै वटा कम्पनीको बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताहरुले खरिदबिक्री गर्न सक्नेछन् ।

Logo