हिमालयन रि-इन्स्योरेन्स कम्पनीको खुद नाफा दोब्बरले वृद्धि

हिमालयन रि-इन्स्योरेन्स कम्पनीको खुद नाफा दोब्बरले वृद्धि

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको खुद नाफा दोब्बर वृद्धि भएको छ । कम्पनीले सोमबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समीक्षा अवधिमा कम्पनीले ६० करोड २७ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको तुलनामा भने ९९.७३ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा भने कम्पनीले ३० करोड १७ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको खुद बीमा शुल्क आर्जन पनि उल्लेख्य वृद्धि भएको छ । समीक्षा अवधिमा कम्पनीले १ अर्ब ९९ करोड ६० लाख ५१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ, जुन गत वर्षको तुलनामा १५४.६५ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा भने कम्पनीले ७८ करोड ३८ लाख ४४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको दाबी भुक्तानी पनि ५०.९० प्रतिशत बढेर ७३ करोड १५ लाख ४३ हजार रुपैयाँ कायम भएको छ । यस्तै, कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २६.४५ प्रतिशत बढेर ४७ करोड ३२ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ छ भने कुल खर्च १ अर्ब ६० करोड ८६ लाख रुपैयाँ कायम भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ । कम्पनीको रिटेन्ड अर्निङ्ग ६९ करोड २८ लाख, महाविपत्ति कोषमा ७ करोड ७० लाख र अन्य इक्विटी २ करोड ४१ लाख रुपैयाँ छ ।

Logo