शिखर इन्स्योरेन्सको नाफा बढ्यो

शिखर इन्स्योरेन्सको नाफा बढ्यो

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ। शिखर इन्स्योरेन्सको नाफा १९.१७ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म आइपुग्दा शिखर इन्स्योरेन्सको १९.१७ प्रतिशतले बढेर खुद नाफ २५ करोड ११ लाख १२ हजार रुपैयाँ पुगेको हो।

गत वर्षको यसैअवधिमा यसले २१ करोड ७ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको यसअवधिमा खुद बिमा शुल्क आर्जन ८.०३ प्रतिशतले बढेर ५५ करोड १४ लाख १२ हजार रुपैयाँ पुगेको छ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ५१ करोड ४ लाख २ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो। लगानी तथा कर्जाबाट २० करोड २७ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको छ।

पुस मसान्तसम्म आइपुग्दा शिखर इन्सुरेन्सको चुक्ता पूँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ छ। प्रतिसेयर आम्दानी १ रुपैयाँ १९ पैसाले बढेर १८ रुपैयाँ ९२ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ १५ पैसा छ।

Logo