महालक्ष्मी विकास बैंकले बचत खातामै मुद्दति सरहको ब्याज दिने

महालक्ष्मी विकास बैंकले बचत खातामै मुद्दति सरहको ब्याज दिने

केन्द्रबिन्दु
322
Shares

काठमाडौं। महालक्ष्मी विकास बैंकले बचत खातामै मुद्दति सरहको ब्याज दिने भएको छ। बैंकले फागुन १ गतेदेखि लागू हुने गरि नयाँ ब्याजदर प्रकाशित गरेको हाे । सोही अनुसार बैंकले बचतमै मुद्दति निक्षेप सरहको ब्याज प्रदान गर्ने भएको हो।

तर, बैंकले बचत खातामा पनि ६.५० प्रतिशतसम्म ब्याज दिने जनाएको छ। बैंकले हाल संचालनमा ल्याएको विभिन्न बचत खातामा अधिकतम ६.५० प्रतिशतसम्म ब्याज दिने भएको हो ।

बचतमा बैंकले मासिक, त्रैमासिक रुपमा ब्याज प्रदान गरिने जनाएको छ। बैंकले सबैभन्दा धेरै महालक्ष्मी समृद्धि बचत खाता र स्टाफ तलबी खातामा ६.५० प्रतिशत ब्याज दिने भएको हो । यसबाहेकका अन्य बचत खातामा पनि बैंकले ४.५० प्रतिशत ब्याज दिने जनाएको छ ।

फागुन महिनाका लागि बैंकले व्यक्तिगत निक्षेप तर्फ अधिकतम ८.४० प्रतिशत र संस्थागत तर्फ ६.४० प्रतिशत ब्याज दिने भएको छ । यता, रेमिट्यान्स तर्फ भने बैंकले ७.७५ प्रतिशतदेखि ९.५० प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ ।

Logo