ग्लोबल आईएमई बैंकको ‘विशेष घर कर्जा’ योजना सार्वजनिक, १२ करोडसम्म कर्जा लिन सकिने

ग्लोबल आईएमई बैंकको ‘विशेष घर कर्जा’ योजना सार्वजनिक, १२ करोडसम्म कर्जा लिन सकिने

केन्द्रबिन्दु
126
Shares

काठमाडाैँ। ग्लोबल आइएमई बैंकले आवास योजना ल्याएको छ। जस अन्तर्गत १० वर्षसम्म ९.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा दिने बैंकले जनाएको छ।

बैंकका अनुसार सो योजना अन्तर्गत १२ करोडसम्म कर्जा पाइनेछ। बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी निश्चिन्त आवास योजना (घर कर्जा) सार्वजनिक गरेको जनाएको छ। साथै, उक्त योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरेका ग्राहकले सहज रुपमा कर्जा सार्नसमेत सक्ने जनाइएको छ।

यस योजना अन्तर्गत १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत व्याजदरमा, १० देखि १५ वर्षसम्मको लागि १०.४९ प्रतिशत र १५ वर्षभन्दा बढि अवधिका लागि १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म घर कर्जा लिन पाउने जनाइएको छ।

बैंकले आवश्यक कागजातहरु पेश गरेको २ कार्य दिन भित्र कर्जा प्रवाह गर्ने जनाएको छ। देशैभरका ७७ वटै जिल्लामा फैलिएको बैंकका ३५६ वटा शाखाहरुबाट यो सुविधा लिन सकिने जनाइएको छ।

यो योजना सिमित अवधिका लागि रहने बैंकले उल्लेख गरेको छ। ग्लोबल आइएमई बैंक सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३५६ शाखा कार्यालय, ३७८ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११ सय भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ।

Logo