दोहोरो अंकले बढ्यो नेको इन्स्योरेन्सको नाफा

दोहोरो अंकले बढ्यो नेको इन्स्योरेन्सको नाफा

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको नाफा दोहोरो अंकले वृद्धि भएको छ। मंगलबार कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो।

समिक्षा अवधिमा कम्पनीको खुद नाफा १५.२३ प्रतिशत वृद्धि भई २२ करोड १२ लाख ६७ हजार रुपैयाँ कायम भएको छ। ६ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ६१ करोड ६० लाख ५९ हजार रुपैयाँ रहेको छ।

जुन गत वर्षको तुलनामा भने ६.१० प्रतिशत मात्रै बढी हो । समिक्षा अवधिमा कम्पनीले ३३ करोड ९१ लाख रुपैयाँ खुद दाबी भुक्तानी दिएको छ ।

पुस मसान्तसम्ममा कम्पनीको कुल आम्दानी १ अर्ब १५ करोड १० लाख रुपैयाँ छ भने कुल खर्च ६९ करोड ४१ लाख रुपैयाँ रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ छ।

कम्पनीले विशेष जगेडा कोषमा १ अर्ब ८६ करोड ५६ लाख र महाविपत्ती कोषमा १२ करोड २३ लाख रुपैयाँ राखेको छ । यस्तै, कम्पनीको रिटेन्ड अर्निङ्ग ३६ करोड ३४ लाख र अन्य इक्विटी २६ करोड ४७ लाख रुपैयाँ रहेको छ ।

Logo