नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ अर्ब ४ करोडको ऋणपत्र आजदेखि निष्कासन हुने

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ अर्ब ४ करोडको ऋणपत्र आजदेखि निष्कासन हुने

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ऋणपत्र ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

बैंकले आज अर्थात् फागुन १ गतेदेखि ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो। बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरमा ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको हो।

उक्त ऋणपत्रको अवधिमा भने १० वर्षको रहेको छ भने वार्षिक ब्याजदर १० प्रतिशत रहेको छ। ब्याज रकम भने प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने बैंकले जनाएको छ।

उक्त ऋणपत्रत्र खरिदका लागि लगानीकर्ता न्यूनतम २५ कित्ता र अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन भने छिटोमा फागुन ४ गते र सो अवधिमा माग बमोजिम आवेदन नपरेको खण्डमा भने फागुन १५ गतेसम्म लम्बिनेछ। बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

कुल निष्कासन हुने ६० प्रतिशत अर्थात २ अर्ब ४२ करोड ४० लाख रुपैयाँ बराबरको २४ लाख २४ हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब ६१ करोड ६० लाख रुपैयाँ बराबरको १६ लाख १६ हजार कित्ता सर्वसाधारणमा बाँडफाँट गरिने बैंकले जनाएको छ।

Logo