रिलायबल नेपालको सातौं साधारण सभा सम्पन्न

रिलायबल नेपालको सातौं साधारण सभा सम्पन्न

केन्द्रबिन्दु
56
Shares

काठमाडाैँ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा साेमबार कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।

सभाले नियमित एजेण्डाहरु सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन, आ.व. २०७९/८० को सहायक कम्पनी रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लि. सहितको एकिकृत वित्तीय विवरणहरु, लेखापरीक्षकको नियूक्तीका साथ सेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर र ०.८४ प्रतिसत नगद लाभांश पारित गरेको छ। साथै, सभाले सो अनुरुप पूँजी वृद्धि गर्ने र प्रवन्ध पत्रका सम्वद्ध दफाहरु संशोधन गर्ने साधारण तथा विशेष प्रस्तावहरु पारित गरेको छ।

वार्षिक साधारण सभावाट कम्पनीमा पहिलो पटक सर्वसाधारण सेयरधनीहरुको तर्फवाट देहाय वमोजिमका सञ्चालकहरु निर्विरोध निर्वाचित भएका छन् ।

निर्विरोध निर्वाचित सञ्चालकहरुः
१. डा. भिष्म कार्की
२. दिवेश लोहनी

यसै वर्ष सर्वसाधारणमा प्रिमियममा सेयर जारी गरेको कम्पनीको चुक्ता पुँजी ४ अर्व ६४ करोड पुरा भएको छ। वार्षिक साधारण सभामा सेयरधनीहरुले राखेका जिज्ञासाहरु उपर कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुले जवाफ दिएका थिए।

यस उपलक्ष्यमा कम्पनीलाई यहाँ सम्म पु¥याउन सहयोग गर्नुहुने वीमित, अभिकर्ता, एजेन्सी म्यानेजर, नियमनकारी निकाय, शेयरधनीहरु, कर्मचारी, पत्रकार तथा सम्पूर्ण शुभचिन्तक तथा सरोकारवाला महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दै अगामि दिनहरुमा समेत सहयोग तथा विश्वासको अपेक्षा कम्पनीले गरेको छ।

Logo