अपर तामाकोशीले बेच्यो ५ अर्ब ३५ करोडको बिजुली

अपर तामाकोशीले बेच्यो ५ अर्ब ३५ करोडको बिजुली

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले नोक्सानी घटाएको छ। कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो।

६ महिनामा कम्पनीले ५ अर्ब ३५ करोड ६३ लाख ९२ हजार रुपैयाँ बराबरको बिद्युत बिक्री गरेको छ। गत वर्षको तुलनामा कम्पनीको विद्युत बिक्री आम्दानी ७.४४ प्रतिशत बढेको हो। गत वर्षको दोस्रो त्रैमासमा भने कम्पनीले ४ अर्ब ९८ करोड ५१ लाख ८६ हजार रुपैयाँ बराबरको विद्युत बेचेको थियो।

कम्पनी गत वर्षको पुस मसान्तसम्ममा ८२ करोड ४८ लाख ४६ हजार रुपैयाँ नोक्सानी थियो। तर, चालु आवको सोही अवधिमा भने नोक्सानी ह्वात्तै घटाएको छ । समिक्षा अवधिमा कम्पनी २५ करोड ७६ लाख ४० हजार रुपैयाँ नोक्सानीमा छ।

समिक्षा अवधिमा कम्पनीको संचालन नाफा पनि २ अर्ब ७८ करोड ६२ लाख रुपैयाँबाट बढेर ३ अर्ब १६ करोड २७ लाख ५० हजार रुपैयाँ कायम भएको छ। यस्तै, समिक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी करिब ६९ लाख रुपैयाँ मात्र छ । अन्य आम्दानी पनि ४ लाख रुपैयाँ मात्रै छ । हाल कम्पनीको चुक्ता पूँजी १९ अर्ब ४७ करोड ८० लाख रुपैयाँ रहेको छ ।

Skip This
Skip This
Logo