नेपाल टेलिकमको आम्दानी घट्यो, प्रतिसेयर आम्दानी ४३.६८ रुपैयाँ

नेपाल टेलिकमको आम्दानी घट्यो, प्रतिसेयर आम्दानी ४३.६८ रुपैयाँ

केन्द्रबिन्दु
56
Shares

काठमाडौं। गत वर्षको तुलनामा यस वर्ष नेपाल टेलिकमको आम्दानी घटेको छ। टेलिकमले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को दोश्रो त्रैमासिकको बित्तीय विवरण अनुसार गत वर्षको पहिलो छ महिनाको तुलनामा यो वर्ष आम्दानी घटेको हो।

टेलिकमले साउनदेखि पौष मसान्तसम्ममा २१ अर्ब ३० करोड ९३ लाख ७९ हजार रुपैयाँ आम्दानी गरेको छ। जबकि अघिल्लो वर्ष यही अवधिमा २२ अर्ब १० करोड ११ लाख ३७ हजार रुपैयाँ आम्दानी गरेको थियो। यस आधारमा गत वर्ष भन्दा यो वर्ष ७९ करोड १७ लाख ५७ हजार रुपैयाँ कमी आएको हो। टेलिकमका अनुसार गत वर्ष भन्दा यो वर्ष ३.५८ प्रतिशतले गिरावट आएको हो।

पछिल्लो त्रैमासमा टेलिकमले प्रति सेयर ४३.६८ रुपैयाँ आम्दानी गरेको छ । यो अवधिमा टेलिकमले १७ अर्ब २४ करोड ६७ लाख रुपैयाँ खर्च भएको जनाएको छ। जसकाअनुसार टेलिकमलाई ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ मुनाफा भएको छ। टेलिकमले दुर्गममा सेवा विस्तार गर्नुपर्दा खर्च बढेको र सेवा शुल्क दरमा कटौती गर्नुपर्दा आम्दानी घटेको जनाएको छ।

Logo