भ्यालेन्टाइन अफरः वुलिङ ईभी किन्दा सुनको हार र स्कुटरमा हिराको औठी उपहार

भ्यालेन्टाइन अफरः वुलिङ ईभी किन्दा सुनको हार र स्कुटरमा हिराको औठी उपहार

केन्द्रबिन्दु
14
Shares

भ्यालेन्टाइन डेको अवसरमा बज्र ग्रुपअन्तर्गतको ईभी नेपाल मोटर्स प्रालिले वुलिङ ईभी र लेभ्निङ इलेक्ट्रिक स्कुटर किन्ने ग्राहकका लागि आकर्षण अफर ल्याएको छ ।

कम्पनीका अनुसार वुलिङ ईभी किन्दा ग्राहकहरुले सुनको हार उपहार पाउनेछन् । वुलिङ ईभी २०० किमी र ३०० किमी रेन्ज दिने गरी दुई भेरिएन्टमा उपलब्ध छ । यी दुई मोडलको मूल्य क्रमशः २० लाख ९९ हजार र २६ लाख ९९ हजार रुपैयाँ छ । इलेक्ट्रिक कार किन्नको लागि काठमाडौंको नक्साल र भैसेपाटी शोरुम जान सकिने छ ।

त्यस्तै, लेभ्निङ इलेक्ट्रिक स्कुटर किन्दा ग्राहकले हिराको औठी उपहार पाउने पनि कम्पनीले जनाएको छ । लेभ्निङ इलेक्ट्रिक स्कुटर १२ फरक मोडलमा उपलब्ध छ, जुन कलेजको विद्यार्थी देखि कार्यालयका कर्मचारी र कृषक तथा अपांग सबैलाई हुने खालको प्रोडक्ट मानिन्छ । यसको मूल्य १ लाख १५ हजार देखि सुरु हुन्छ । स्कुटरमा २ वर्षको वारेन्टी साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध छ ।

Logo