स्रोत पर्याप्त नहुँदा मागहरु सम्बोधन गर्न कठिनाइ भयाे -अर्थमन्त्री महत

स्रोत पर्याप्त नहुँदा मागहरु सम्बोधन गर्न कठिनाइ भयाे -अर्थमन्त्री महत

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्रोत पर्याप्त नहुँदा सबै वर्ग, समुदाय र क्षेत्रको आवश्यकता र मागहरु सम्बोधन गर्न सरकारलाई कठिनाइ भइरहेको बताएका छन् ।

ललितपुरमा मंगलबार १३औं विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । विस्तारै अर्थतन्त्र एउटा सकारात्मक दिशातर्फ उन्मुख हुँदै गए पनि सीमित स्रोतका कारण राज्यलाई आवश्यकता र मागहरु सम्बोधन गर्न कठिनाइ भइरहेको उनले उल्लेख गरे ।

उनले भने, ‘विस्तारै अब अर्थतन्त्र एउटा सकारात्मक दिशातर्फ उन्मुख हुँदै गएको छ । बोलेको जस्तो काम गर्न सजिलो छैन । आर्थिक रूपान्तरण परिवर्तन ल्याउन आज घोषणा ग-यो भोलि हुँदैन । त्यसको लागि अत्यन्त मिहिनेत गर्नुपर्छ । राजस्व बढेको छ । पर्यटन व्यवसाय विस्तार भएको छ । सेयर मार्केट तीन सय अंकले बढेको छ । तर स्रोतहरू त्यहीअनुसार नहुँदा सबै वर्ग समुदाय र क्षेत्रको आवश्यकता र मागहरु सम्बोधन गर्न अझै कठिनाइहरू छन् ।’

मन्त्री महतले राजस्वका दरहरू फराकिलो बनाएर लैजानुका साथै दायरा बढाउने, आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने गरी अगाडि बढिरहेको बताए । उनले भने, ‘हामीले राजस्वका दरहरू फराकिलो बनाएर लाने, दायरा बढाउने र बोझ कम गरी आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नेगरि अगाडि बढिरहेको छौं । ’

पछिल्लोसमय सूचना क्रान्तिमा आएको विविधता छनोट एउटै नहुँदा प्रतिस्पर्धा बढेको उनको भनाइ छ ।

Logo