यस्ताे छ नेपाली बजारमा लन्च भएकाे ‘आयोन वाई’काे फिचरहरु

यस्ताे छ नेपाली बजारमा लन्च भएकाे ‘आयोन वाई’काे फिचरहरु

केन्द्रबिन्दु
84
Shares

सिजी मोटर्सले चिनियाँ इलेक्ट्रिक कार ‘आयोन वाई’ नेपाली बजारमा लन्च गरेको छ । राजधानीको थापाथलीस्थित नयाँ शोरुममा मंगलबार जीएसी कम्पनीको आयोन ब्राण्डको इभी ‘आयोन वाई’ लन्च र बिक्री सुरु भएको हो ।

यो गाडीको मूल्य ५४ लाख ९९ हजार रूपैयाँ ताेकिएकाे छ ।

गाडीको लम्बाइ ४५ हजार ३५० एमएम, चौडाइ १८७० एमएम र उचाइ १६५० एमएम छ । यसको साथै यसमा २७५० एमएमको ह्वीलवेस पाउन सकिन्छ । यसलाई कम्पनीले १८ र १९ इन्चको ह्वील अप्सनमा चीनमा बिक्री गर्दै आएको छ । चिनियाँ बजारमा उपलब्ध आयोन–वाईको ग्राउन्ड क्लियरेन्स १८३ एमएम छ । ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ५०० किलोमिटर रेन्ज पाउन सकिने एनइडीसीले दावी गरेको छ । साथै कारको टर्क २२५ एनएम छ ।

कम्पनीले यसमा १०.२५ इनचको ड्राइभर इन्फर्मेसन डिस्प्ले र १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ । साथमा अटोमेटिक एयर कन्डिसनिङ, ६ स्पिकर, पीएम २.५ एयर फिल्टर, सेकेन्ड रोमा वस्ने यात्रुका लागि समेत एयर कन्डिसनिङ भेन्ट, माइक्रोफाइबरयुक्त मल्टिफंक्सन स्टेरिङ ह्विल र ६ वे पावर एड्जस्टेवल ड्राइभर सीट लगायत फिचर पाउन सकिन्छ ।

सुरक्षाका लागी यसमा एडास फिचर सहित एविएस, इएसपी, ईबीडी, टायर प्रेसर मोनिरिङ, ब्रेकिङ इनर्जी रिकभरी, डुअल फ्रन्ट एयरब्याग, फ्रन्ट साइट एयरब्याग, साइड कर्टेन एयरब्याग, अटो होल्ड, ट्रयाक्सन कन्ट्रोल सिस्टम, एडप्टिभ क्रुज कन्ट्रोल, रियर पार्किङ सेन्सर र ३६० डिग्री एचडी भ्यू क्यामेरा लगायत उपलब्ध छ ।

साे अवसरमा सिजी मोटर्सका प्रबन्धक निर्देशक निर्बाना चौधरीले पछिल्लो समय ईभी पारखीहरु बन्दै गएका नेपालीहरुका लागि ‘आयोन वाई’ जस्तो अत्याधुनिक प्रविधियुक्त कारले ग्राहकको आवश्यकता पूरा गर्ने विश्वास व्यक्त गरे ।

Logo