पुस मसान्तसम्म घोराही सिमेन्टकाे आम्दानी १ अर्ब ७१ करोड रुपैयाँ

पुस मसान्तसम्म घोराही सिमेन्टकाे आम्दानी १ अर्ब ७१ करोड रुपैयाँ

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ। घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १ अर्ब ७१ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.४० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी १ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो।

पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ३२ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ २२५ रुपैयाँ ४५ पैसा रहेको छ। ४ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५ अर्ब ७३ करोड रुपैयाँ सञ्चित छ।

बिक्री आम्दानी बढेपनि कम्पनीको खुद नाफा भने ऋणात्मक रहेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १ करोड ५४ लाख रुपैयाँ धनात्मक रहेको कम्पनीको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४१ करोड ८४ लाख रुपैयाँ ऋणात्मक भएको छ।

Logo