होण्डाकाे नयाँ प्रिमियम स्कुटर ‘स्टाइलो’ १६० सार्वजनिक

होण्डाकाे नयाँ प्रिमियम स्कुटर ‘स्टाइलो’ १६० सार्वजनिक

केन्द्रबिन्दु
98
Shares

काठमाडाैँ। होण्डाले नयाँ प्रिमियम स्कुटर ‘स्टाइलो’ १६० सार्वजनिक गरेको छ। कम्पनीले स्कुटर ‘स्टाइलो’ १६० सार्वजनिक गरेको हो। 

स्कुटरमा एलइडी हेडलाइट, एलइडी डिआरएलस, एलइडी टेल लाइट, किलेस स्टार्ट र अलोई ह्विल लगायत फिचर दिइएको छ। साथै यसमा कम्बी ब्रेक सिस्टम र एबीएसको बिकल्प पाउन सकिन्छ। होण्डाको सो स्कुटरले यामाहा एरोक्स १५५ संग प्रतिस्पर्धा गर्नेछ ।

स्कुटरमा १६० सिसी क्षमताको इन्जिन जडान गरिएको छ। प्रिमियम लुक्स र फिचर्सले सुसजिज्त सो नयाँ स्कुटरलाई कम्पनीले रेट्रो थिममा तयार परेको हो।

स्टाइलो १६० मा जडान गरिएको इन्जिनले १६ बीएचपीको पिक पावर र १५ एनएम टर्क जेनेरेट गर्ने जनाइएको छ। स्कुटरको मूल्य र बाँकी एड्भान्स फिचर भने सार्वजनिक गरिएको छैन।

Logo