रोयल​ इन्फिल्ड लेडी राइडर्स् रोड सेफ्टी राइड ट्रेनिङ सम्पन्न

रोयल​ इन्फिल्ड लेडी राइडर्स् रोड सेफ्टी राइड ट्रेनिङ सम्पन्न

केन्द्रबिन्दु
42
Shares

काठमाडाैँ। रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले रोयल इन्फिल्ड लेडी राइडर्स रोड सेफ्टी राइड ट्रेनिङ आयोजना गरेको छ । सो ‘गेट टुगेदर एन्ड रोड सेफ्टी ट्रेनिङ’ कार्यक्रममा २१ लेडी राइडर्सको सहभागिता रहेको कम्पनीको भनाइ छ ।

नेपाली बजारमा रोयल इन्फिल्डका क्लासिक ३५०, हन्टर ३५०, मेटियर ३५० र स्क्राम ४११ मोडल बिक्रीका लागि उपलब्ध छन् । अल्फा अटोमोटिभले नेपालमै रोयल इन्फिल्ड बाइक एसेम्बल गरिरहेको छ ।

कार्यक्रमको मुख्य उद्देश्य सुरक्षा जागरूकता, व्यवस्थित सवारी प्रवर्द्धन, महिला सशक्तिकरण प्रेरणा समावेश र मोटरसाइकल पर्यटन प्रवर्धन गर्नु रहेको बताइएको छ।

ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथु र रोयल इन्फिल्ड टिमको तर्फबाट राइडर्सलाई रोड सेफ्टी ट्रेनिङ प्रदान गरिनुका साथै अन्तक्र्रिया कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

Logo