तीन विकास बैंक र तीन फाइनान्सका अध्यक्ष, सञ्चालक र सिईओ केन्द्रीय बैंकको कारवाहीमा

तीन विकास बैंक र तीन फाइनान्सका अध्यक्ष, सञ्चालक र सिईओ केन्द्रीय बैंकको कारवाहीमा

केन्द्रबिन्दु
266
Shares

काठमाडाैँ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा तीन विकास बैंक र तीन फाइनान्स कम्पनीका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृत नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् ।

मुक्तिनाथ विकास बैंकका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समिति र प्रमुख कार्यकारी अध्यक्षलाई संस्थाबाट व्यक्तिगत तथा सामूहिक जमानीमा प्रवाह भएको विपन्न वर्ग कर्जाका ग्राहकबाट शुल्क लिई खडा गरेको ग्राहक संरक्षण कोषमा जम्मा भएको रकम कम्पनीको नियम विपरित खर्च गरेको पाएपछि राष्ट्र बैंकको ऐन २०५८ अनुसार सचेत गराएको छ । उक्त बैंक ६ महिनामा प्रथम पटक कारबाहीमा परेको हो ।

सप्तकोशि डेभलपमेन्ट बैंकको सञ्चालक समितिले संस्थाको समष्टिगत स्थलगत निरीक्षणको क्रममा संस्थाका स्वतन्त्र सञ्चालकलाई निजको पहिलो कार्यकाल समाप्त भएपश्चात् समेत निज स्वतन्त्र सञ्चालककै हैसियतमा सञ्चालक समितिको बैठकमा निरन्तर उपस्थित गराई निर्णय प्रक्रियामा सहभागी गराएकोमा राष्ट्र बैंकले कारवाही गरेको छ। सप्तकोशी पनि ६ महिनामा पहिलोपटक कारबाहीमा परको कारण राष्ट्र बैंकले सचेत मात्रै गराएको छ ।

त्यस्तै नारायणी डेभलपमेन्ट तीन पटकसम्म राष्ट्र बैंकको कारबाहीमा कारवाहीमा परेका छन् । नारायणी डेभलपमेन्टले संस्थाको कर्जा निक्षेप अनुपात साउनमा पहिलो पटक र भाद्रमा दोस्रोपटक बैंकबाट जारी भएको निर्देशनमा तोकिएको अधिकतम ९० प्रतिशतको सीमाभन्दा बढी रहेको पाइएकाले संस्थालाई २ लाख ४१ हजार ९४४ रुपैयाँ नगद जरिवाना गरेको छ ।

फाइनासतर्फ प्रोगेसिभ फाइनान्स, गुड्विल फाइनान्स र गुहेश्वरी फाइनान्सका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृत राष्ट्र बैंकको कारबाहीमा परेका छन् ।

राष्ट्र बैंकले प्रोगेसिभ फाइनान्सका सञ्चालक समित र सिईओलाई महर्जन विजनेश एशोसियट्सलाई कर्जा प्रवाह गर्दाको बखत नै कर्जा पूर्णरुपले सुरक्षित हुने सुनिश्चित गर्नुपर्नेमा सामान्यतः बैकिङ क्षेत्रमा चलनचल्तीमा नरहेको धितो मूल्याङ्कन प्रकिया अपनाई जोखिमपूर्ण तवरले कर्जा प्रवाह गर्ने निर्णय गरेको पाइएकोले कारबाही गरेका हुन् ।

गुड्विल फाइनान्सका सञ्चालक समित र सिईयोलाई कर्जा रकमको सुदपयोगिता सुनिश्चित नगरी महर्जन विजनेश एशोसियट्स प्रालिलाई कर्जा प्रवाह गरेको पाइएकोलेले राष्ट बैंकको कारबाहीमा परेका छन् ।

Logo