युनाइटेड अजोड इन्स्योरेन्स डेपुटी सीईओ खत्रीले दिए राजिनामा

युनाइटेड अजोड इन्स्योरेन्स डेपुटी सीईओ खत्रीले दिए राजिनामा

केन्द्रबिन्दु
112
Shares

काठमाडौं। युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ कुमारबहादुर खत्रीले राजिनामा दिएका छन्। उनले सञ्चालक समिति समक्ष राजिनामा दिएका हुन्।

अजोड र युनाइटेड मर्ज हुनुभन्दा अगाडि अजोडका सीईओ रहेका खत्री मर्जपछि डेपुटी सीईओ भएका थिए। उनी २०७५ साल जेठमा अजोडमा सिईओ नियुक्त भएका थिए ।

नेपाल इन्स्योरेन्स कम्पनीबाट विकास अधिकृतबाट बीमा क्षेत्रमा प्रवेश गरेका खत्री तत्कालिन एनबी इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स हुँदै अजोड इन्स्योरेन्स हुँदै युनाईटेड अजोडमा थिए।

Logo