नेपाली बजारमा भित्रियो अमेरिकी इलेक्ट्रीक डर्ट र मोटार्ड बाइक

नेपाली बजारमा भित्रियो अमेरिकी इलेक्ट्रीक डर्ट र मोटार्ड बाइक

केन्द्रबिन्दु
182
Shares

काठमाडाैँ ।  अमेरिकी इलेक्ट्रीक बाइक कोल्टर नेपाल आएको छ। इन्ड्यूरो मोटर्सले कोल्टर ब्रान्डको मोटार्ड र डर्ट गरी दुई मोडल नेपाली बजारमा उपलब्ध गराएको हो ।

कोल्टरका दुई मोडल ईएस १ एक्स प्रो र ईएस १ एस प्रो नेपाली बजारमा उपलब्ध हुनेछन्। डर्ट र मोटार्ड गरी दुई भेरिएन्टमा यी बाइक उपलब्ध हुने छन्। एक्स प्रो कालो र एस प्रो सेतो कलरमा उपलब्ध छ।

बाइकमा किलेस अपरेसन उपलब्ध छ। यसबाट बाइक लक, अनलक गर्न र स्टार्ट गर्न सकिन्छ। लक भएको अवस्थामा कसैले चलाउदा हर्न बज्छ। इको, डाइनामिक र स्पोर्ट गरी तीन मोडमा यो बाइक चलाउन सकिन्छ। टप स्पिड ११५ किलोमिटर प्रतिघण्टा भएको यो बाइकको मूल्य ७ लाख ७५ हजार रुपैयाँ तोकिएको छ।

करिव ३ घण्टा चार्ज गर्दा यसले १५० किलोमिटरको रेन्ज दिने बताइएको छ। यद्यपि व्यावहारिक रुपमा १०० देखि १२० किलोमिटर सम्मको रेन्ज यसले दिने कम्पनीको दावी छ। यसमा सिंगल र डबल ब्याट्री अप्सन पाउन सकिन्छ।

दुवै मोडलमा ११ किलोवाट क्षमताको मोटर रहेको छ। यसले करिव १५ एचपी क्षमता बराबरको शक्ति दिन्छ। यसमा ४.६ किलोवाट आवर क्षमताको ७२ भोल्ट ३२ एम्पियर आवरको लिथियम आयोन ब्याट्री प्रयोग भएको छ।

Logo