पिपिए खुलाउने प्राधिकरणको निर्णयको इप्पानद्वारा स्वागत, अर्थतन्त्रमा ठूलो योगदान पुग्ने विश्वास

पिपिए खुलाउने प्राधिकरणको निर्णयको इप्पानद्वारा स्वागत, अर्थतन्त्रमा ठूलो योगदान पुग्ने विश्वास

केन्द्रबिन्दु
56
Shares

नेपाल विद्युत प्राधिकरणले जलविद्युत र सोलार आयोजनाको हकमा गरेका निर्णयहरुको स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान)ले स्वागत गरेको छ ।

गत माघ २४ मा बसेको प्राधिकरण सञ्चालक समितिको ९६३औँ बैठकले १० मेगावाटसम्मका नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त (पिआरओआर) जलविद्युत् आयोजनासँग पिपिए खुलाउने निर्णय गरेको थियो । त्यसपछि आज इप्पानका अध्यक्ष गणेश कार्की र महासचिव बलराम खतिवडाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै प्राधिकरणले गरेका निर्णयहरुको स्वागत गरेको हो ।

‘बोर्डले गरेको १० मेगावाटसम्मका जलविद्युत आयोजनाको विद्युत खरिदविक्री सम्झौता खुल्ला गर्ने र त्यस्ता आयोजनाहरुले पीपीए गर्नको लागि पाइप लाइनमा बस्नुनपर्ने, पीपीए भइसकेका आयोजनाले २५ प्रतिशतसम्म क्षमता वृद्धि गर्न चाहेमा लेउ वा तिर अनुसार नै पीपीए गरिदिने तथा २५ प्रतिशत भन्दा धेरै क्षमता वृद्धि हुने अवस्थामा त्यो भन्दा माथिल्लो सीमाको पीपीए लिएपछि मात्रै तिर (त्बपभ बलम एबथ) अन्तर्गत गर्ने निर्णय गरेको छ । यसैगरी सौर्य ऊर्जा आयोजनाको पीपीए सीमा बढाउँदै जडित क्षमतामा १० प्रतिशतको सट्टा पीपीए भइसकेको जलविद्युत क्षमताको १० प्रतिशतसम्म सोलार आयोजनाको पीपीए गर्ने निर्णय गरेको छ । यी सबै निर्णयहरुको इप्पान हार्दिक स्वागत गर्न चाहान्छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

यो निर्णयले स्वदेशी लगानीमा निर्माण हुने साना आयोजना निर्माण प्रक्रियामा गई ग्रामिण अर्थतन्त्रको विकासमार्फत समग्र अर्थतन्त्र र रोजगारी सिर्जनामा ठूलो योगदान पुग्ने विश्वास पनि इप्पानले लिएको छ । आयोजनाको क्षमता बढाउन सक्ने निर्णय नेपालको जलस्रोतको अधिकत्तम उपयोगका लागि महत्वपूर्ण हुने र यसले निजी क्षेत्रले समेत क्षमता बढाउन सक्ने बाटो खुलेको उसको भनाई छ ।

‘ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले आगामी १२ बर्षमा १३ हजार ५ सय मेगावाट आन्तकरिक खपत तथा भारत र बंगलादेशमा १५ हजार मेगावाट बिजुली निर्यातसहित २८ हजार ५ सय मेगावाटको लक्ष्यसहितको मार्गचित्र तयार पारेको छ । सो लक्ष्य पूरा गर्नका लागि यो निर्णय सरकारको पहिलो महत्वपूर्ण कदमको रुपमा हामीले लिएका छाैं ।’ इप्पानले भनेको छ ।

Logo