नेपाली बजारमा पुनः खुल्यो २५०आर ईएफआईको बुकिङ, अहिले कति तिर्नुपर्छ ?

नेपाली बजारमा पुनः खुल्यो २५०आर ईएफआईको बुकिङ, अहिले कति तिर्नुपर्छ ?

केन्द्रबिन्दु
140
Shares

क्रसएक्स २५०आर ईएफआईको नेपालका लागि आधिकारिक वितरक बाइकर्स नेपालले फेरि बुकिङ खोलेको छ । केही महिना पहिले डेलिभरी पश्चात बिक्री बन्द भएको सो बाइकको बुकिङ कम्पनीले फेरि खोलेको हो ।

कम्पनीका अनुसार १ लाख रुपैयाँ डिपोजिट गरेर सो बाइक बुकिङ गर्न सकिनेछ । यसको मूल्य भने ८ लाख ४५ हजार रुपैयाँ छ । बुकिङ गरेको एक महिनाभित्रै ग्राहकले बाइक पाउन सक्नेछन् । क्रसएक्स बाइक हाल नेपालमै एसेम्बल हुने गरेको छ । यसका लागि सीएक्समोटो इन्डष्ट्री दर्ता भएको छ र हेटौंडामा यसको कारखाना रहेको छ ।

क्रसएक्स २५०आर ईएफआईमा २४९.६ सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक इन्जिन छ, जसले ३२ एचपीको पावर दिन्छ । ६–स्पिड गियरबक्स भएको सो मोटरसाइकलको फ्रन्ट र रियरमा निसिन सिंगल डिस्क ब्रेक छ । ३६१ एमएम ग्राउन्ड क्लियरेन्स भएको यो मोटरसाइकलको सिटको उचाई ९२० एमएम छ भने ६.५ लिटरको इन्धन ट्यांकी छ । यसमा जीपीएस सहितको एन्टी–थेफ्ट लोकेसन ट्रयाकर, डीआरएल सहितको नयाँ एलईडी हेडल्याम्प, आरके रेसिङ चेन, कार्बन फाइबर ड्युअल एक्जस्ट, नयाँ सीएनसी ट्रिपल क्ल्याम्प, इन्ड्युरो सस्पेन्सन, नयाँ स्पिडोमिटर, सीएनसी हब एन्ड ह्विल, फ्रेम गार्ड जस्ता विशेषता पनिउ पलब्ध छन् ।

Logo