१७५ रुपैयाँमै फिल्मकर्मीले एक लाखसम्मको बिमा गर्न पाउने

१७५ रुपैयाँमै फिल्मकर्मीले एक लाखसम्मको बिमा गर्न पाउने

केन्द्रबिन्दु
98
Shares

काठमाडौं। फिल्मकर्मीहरुले १७५ रुपैयाँ मै एक लाखसम्मको बिमा गर्न पाउने भएका छन्। सुर्यज्योतिलाईफ इन्स्योरेन्स कम्पनी लिमिटे र चलचित्र संरक्षण मञ्चबिच उक्त आवधिक बिमा योजनाका विषयमा सम्झौता भएको छ।

सम्झौता पत्रमा चलचित्र संरक्षण मञ्चका तर्फबाट अध्यक्ष टिकाराम रखाल (रोजन) र इन्स्योरेन्स कम्पनीको तर्फबाट बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले हस्ताक्षर गरेका छन्।

हस्ताक्षर कार्यक्रममा मञ्चका उप–महासचिव तेज गिरीसहित कम्पनीका उपमहाप्रबन्धक नरोत्तम ढकाल, कर्पोरेट सेल्स विभागका सामिनसिहं भण्डारी लगायतको उपस्थिति रहेको थियो।

सहमतिसँगै चलचित्र संरुक्षण मञ्चले आफ्ना सदस्य फिल्मकर्मीको बिमा प्रक्रिया अघि बढाएको अध्यक्ष रखालले जानकारी दिएका छन्। उनले अन्य फिल्मकर्मीलाई पनि यो योजनाको लाभ लिनआग्रह गरेका छन्।

फिल्मकर्मीहरुको कामका दौरान अथवा अन्य भवितव्य घटनामा निधन भएमा परिवारलाई पर्न जाने बोझ कम गर्नको लागि बिमा प्रक्रिया अघि बढाइएको महासचिव तेज गिरीले बताए। चलचित्र संरक्षण मञ्चले सहजिकरण गरि न्यूनतम एक लाखदेखि अधिकत २० लाखसम्मको आबधिक विमा गर्ने योजना ल्याएको हो।

यस योजनामा वार्षिक १७५ रुपैयाँ तिरेर १ लाखसम्मको विमा हुने ब्यवस्था छ भने उमेर र विमांक रकमअनुसार शुल्क फरक पर्न जाने उप–महासचिव गिरीले जानकारी दिए।

फिल्मककर्मीको हक, हित र संरक्षण गर्ने हेतुले स्थापित चलचित्र संरक्षण मञ्चमा पाँच सयभन्दा बढी सक्रिय सदस्यहरु रहेका छन्। मञ्चका अध्यक्ष रखालले यसबाट मञ्चमा आवद्ध सदस्यहरुलाई अत्यन्तै ठुलो लाभ मिल्ने विश्वास लिएका छन्।

इन्स्योरेन्स कम्पनीका बरिष्ठ प्रमुखकार्यकारी अधिकृत खड्काले चलचित्र संरक्षण मञ्चमार्फत फिल्मकर्मीहरुसँग जोडिन पाउँदा खुशी लागेको र फिल्मकर्मीहरुको हितमा संस्थाले साथ र सहयोग गर्ने कुरा बताए।

Logo