भारतीय ईभी कम्पनी एमएक्समोटोले गर्‍याे मेटल स्ट्रङ्ग एम१६ ई-बाइक सार्वजनिक

भारतीय ईभी कम्पनी एमएक्समोटोले गर्‍याे मेटल स्ट्रङ्ग एम१६ ई-बाइक सार्वजनिक

केन्द्रबिन्दु
84
Shares

काठमाडाैँ। भारतीय ईभी निर्माता कम्पनी एमएक्समोटोले मेटल स्ट्रङ्ग एम१६ ई–बाइक सार्वजनिक गरेको छ । कम्पनीले यसको मूल्य १ लाख ९८ हजार भारु तोकेको छ । सो इलेक्ट्रिक बाइकको ब्याट्रीमा कम्पनीले ८ वर्षको वारेन्टी तथा मोटर र कन्ट्रोलरमा ३ वर्षको वारेन्टी दिएको छ ।

एम१६ बाइक एक क्रुजर बाइक हो। यसमा १७ इन्चको ह्विल जडान गरिएको छ। यो हाई परफर्मेन्स मोटरको साथमा उपलब्ध छ। बाइकमा रेगुलर ड्युअल सस्पेन्शन सिस्टम र एडजस्टेबल रेसिङ टाइप सेन्ट्रल सक एब्जर्बर समावेश छ। सो बाइकमा एड्भान्स लिथियम ब्याट्री जडान गरिएको छ।

एम१६ क्रुजर बाइकमा एलईडी हेडलाइट, ब्रेकिङको लागि ट्रिपल डिस्क ब्रेक सिस्टम उपलब्ध छ । यसमा अल्ट्रासोनिक वेल्डिङ टेक्नोलोजीको साथमा एलईडी डायरेक्शन अलर्ट, कनेक्टिभिटी, क्रुज कन्ट्रोल, रिभर्स असिस्ट, एन्टि स्किड असिस्ट, पार्किङ असिस्ट, अन बोर्ड नेभिगेशन, अन राइड कलिङ र ब्लुटुथ साउन्ड सिस्टम जस्ता फिचर समावेश गरिएको छ ।

एम१६ ईभी बाइक सिंगल चार्जमा १६० किलोमिटरदेखि २२० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। यसलाई एक पटक चार्ज गर्दा १.६ युनिट इलेक्ट्रिक खपत हुन्छ। सो ब्याट्री ३ घन्टा भन्दा कम समयममा ० देखि ९० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

Logo